सावित्रा भण्डारी न्युजिल्याण्डको क्लबमा अनुबन्ध

सावित्रा भण्डारी न्युजिल्याण्डको क्लबमा अनुबन्ध



काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्धित भएकी छन्। अष्ट्रेलियाको ए-लिग महिला फुटबलको नयाँ सिजनका लागि क्लबले सावित्रालाई अनुबन्ध गरेको हो।

यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट खेलेकी सावित्राले सामाजिक सञ्जालमार्फत क्लबबाट आफ्नो यात्रा समाप्त भएको जानकारी दिएकी थिइन्।

सावित्राको फुटबल यात्रा निकै अन्तर्राष्ट्रिय बनिसकेको छ। उनले इजरायल, भारत, माल्दिभ्स लगायतका देशमा विभिन्न लिगमा सहभागिता जनाइसकेकी छिन्।

उनको यो नयाँ अनुबन्धले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचानमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।