इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा

इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा


ग्लोब नेपाल
297
Shares

लन्डन। सडनडेथमार्फत स्वीडेनलाई पराजीत गर्दै इङ्ल्यान्ड महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा स्वीडेनलाई ३–२ ले हराउन सफल भएको हो ।

स्वीजरल्यान्डमा भएको सो खेलमा इङ्ल्यान्ड खेलमा २–० ले पछि पर्दा पनि कमब्याक गर्न सफल भएको हो । खेलको अतिरिक्त समयमा कुनै गोल नभएपछि नतिजा पेनाल्टी सुटआउटमा भएको हो । 

पेनाल्टी सुटआउट पनि २–२ को बराबरी भएपनि खेलको नतिजा सडनडेथमा आएको हो । अब, इङ्ल्यान्डले सेमिफाइनलमा इटालीसँग २२ जुलाईमा खेल्नेछ । आजै हुने क्वार्टरफाइनलमा अर्काे खेलमा स्पेन र स्वीजरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।