काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा वृद्धि भए पनि चाँदीको दर भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमै किनबेच भइरहेको छ।


प्रतिक्रिया