पोखरा । कास्की कारागारको ‘क’ ब्लकमा अजय गुरुङलाई चौकीदार नियुक्त गरिएको विरोधमा ३६२ जना कैदीबन्दीले गृहमन्त्री रमेश लेखकलाई पत्र लेख्दै नियुक्ति खारेजको माग गरेका छन्।
कैदीबन्दीहरूका अनुसार अजय गुरुङको कार्यशैली निरङ्कुश, पक्षपातपूर्ण छ र उनले अघिल्लो कार्यकालमा आर्थिक शोषण गरेका थिए। उनीहरूले चौकीदार छनोट प्रक्रिया अप्राकृतिक र आर्थिक चलखेलबाट प्रभावित भएको आरोप लगाएका छन्।
प्रतिस्पर्धामा रहेका प्रकाश गुरुङलाई नियुक्त गर्नुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीन बहिष्कार र आमरण अनशनको चेतावनी पनि दिएका छन्।
आइतबार कारागार परिसरमा नाराबाजी गर्दै विरोध प्रदर्शनसमेत गरिएको थियो।



प्रतिक्रिया