काठमाडौं । बंगलादेशले यू-२० महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बंगलादेश पाँचौं पटक च्याम्पियन बनेको हो ।
अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् । भारतले जम्मा २ पटक उपाधि जितेको छ । नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो ।
यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो । दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो । नेपाल तीन पटक तेस्रो भएको इतिहास छ ।
बंगलादेश ६ खेलमा सबै जितेर १८ अङ्कसहित च्याम्पियन बन्यो । ६ खेलमा ४ मा जीत र २ हारका साथ नेपाल १२ अङ्कसहित दोस्रो बनेको छ ।
नेपालले बंगलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो । बंगलादेशसँग हारे पनि नेपालले श्रीलङ्का र भूटानविरुद्ध सानदार जीत निकालेको थियो ।


प्रतिक्रिया