काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले विंगर ब्रायन एम्बेउमोलाई अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले ब्रेन्टफोर्डका एम्बेउमोसँग ६५ मिलियन पाउन्डमा पाँच वर्षसम्मको सम्झौता गरेको हो ।
युनाइटेडले सात हप्तापछि तेस्रो प्रयासमा एम्बेउमोलाई भित्र्याउन सफल भएको छ । युनाइटेडमा अनुबन्ध भएपछि एम्बेउमोले क्लबबाट खेल्ने सपना पूरा भएको बताए ।
एम्बेउमो युनाइटेडले समरमा अनुबन्ध गरेका तेस्रो खेलाडी हुन् । क्लबले यसअघि फरवार्ड म्याथ्यु कुन्हा र रक्षक डियागो लियोनलाई भित्र्याएको थियो ।
उनी यसअघि इंग्लिस क्लब ब्रेन्टफोर्डमा थिए । एम्बेउमो सन् २०१९ मा फ्रेन्च क्लब ट्रोयेजबाट ब्रेन्टफोर्ड आएका थिए । उनले ब्रेन्टफोर्डबाट २२२ खेल खेल्दा ६५ गोल गरेका छन् ।


प्रतिक्रिया