काठमाडौं । एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ क्लबले जावलाखेल युथ क्लबमाथि सानदार जित निकालेको छ ।
एन्फा मैदान सातदोवाटोमा मंगलबार भएको खेलमा एपिएफले जावलाखेललाई ५–० गोलले हरायो । एपिएफको जितमा आदर्श मेचेले ह्याट्रिक गरे । सुशान्त गौतम र असिम खड्काले एक एक गोल गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।
लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।
यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।


प्रतिक्रिया