निर्णयमा पुग्न गरिएका तिकडमबाट म अचम्मित छैन : उषाकिरण भण्डारी

निर्णयमा पुग्न गरिएका तिकडमबाट म अचम्मित छैन : उषाकिरण भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकको निर्णयबाट आफू अचम्मित नभएको बताएकी छन् ।

मंगलबारको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन रोक्ने निर्णय गरेको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट म चाहिँ अचम्मित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’

उनले नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसको सन्दर्भ उल्लेख गर्दै आफूलाई उहिलेउहिले किन उनको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन भन्ने लाग्ने पनि बताएकी छन् ।

‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरूप कोसिस गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन् र नैतिक समर्थन खोज्दैनन् पनि,’ उनले भनेकी छन् ।

यो पनि :

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने एमाले बैठकको निष्कर्ष