डेब्यु खेलाडी रुनी बार्डघजी र ड्रोको गोलमा बार्सिलोना विजयी

डेब्यु खेलाडी रुनी बार्डघजी र ड्रोको गोलमा बार्सिलोना विजयी



काठमाडौं । जापानी क्लब भिस्सेल कोबेविरुद्ध डेब्यु खेलाडी रुनी बार्डघजी र ड्रोको गोलपछि बार्सिलोना ३–१ गोलले विजयी भएको छ ।

जापानको मिसाकी पार्क स्टेडियममा आइतबार भएको मैत्रीपूर्ण प्रतिस्पर्धाको ३३औँ मिनेटमा एरिक गार्सियाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि भिस्सेल कोबेका फर्वाड तैसी मियासिरोले बराबरी गोल फर्काए ।

७७औँ मिनेटमा रुनी र ८७औँ मिनेटमा ड्रोले गोल गरे । यी दुवै खेलाडीको यो डेब्यु खेल हो ।

बार्सिलोनाले अब जुलाई ३१ मा दक्षिण कोरियाली टोली एफसी सिओलसँग खेल्ने तालिका छ ।