काठमाडौं । भुटानमा भदौ २३ देखि २८ गतेसम्म आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
बिदाइपछि नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले नेपालको एउटै लक्ष्य एसियन कप छनोट भएको बताए । ‘हामीले राम्रो तयारी गरेका छौँ । हाम्रो खेलाडीमा जस्तो सुकै टोलीलाई हराउने क्षमता छ । हालै बङ्गलादेशमा भएको साफ च्याम्पियनसिपमा खेलाडीले त्यो क्षमता देखाईसकेका छन्,’ गुरुङले भने ।
प्रशिक्षक गुरुङले भुटानमा खेल्ने खेलाडी टोलीको यसअघिनै घोषणा गरेका छन् ।
एसियन कप छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, उत्तर कोरिया र साउदी अरब रहेको छ ।
समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।
नेपाली टोली बिहीबार भुटान जानेछ ।
नेपाली टोली
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गङ्गा रोकाया, सजिना स्याङ्तान, कविता गुरुङ, कुसुम खतिवडा, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी ।


प्रतिक्रिया