काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले आज अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
गएको साउन ४ गते पक्राउ परेका झाविरुद्ध एक महिलाले बलात्कारकाे आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा झामाथि सरकारी वकिल कार्यालय काठमाण्डाैले जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको थियो ।
यसैबीच पूर्वप्रदेश प्रमुख झाले पनि बलात्कार पीडित महिलाविरुद्ध मुद्दा दर्ता गराएका छन् ।


प्रतिक्रिया