भारतका कोरेनलाई पराजित गर्दै रविन्द्र बने एमएफएन च्याम्पियन

भारतका कोरेनलाई पराजित गर्दै रविन्द्र बने एमएफएन च्याम्पियन



काठमाडौं । नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन् ।

एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए ।

यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो‌ । यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।