हिमालयन शेर्पाविरुद्ध मछिन्द्रकाे संघर्षपूर्ण जित

हिमालयन शेर्पाविरुद्ध मछिन्द्रकाे संघर्षपूर्ण जित



काठमाडौं । एन्फा यू–१६ युथ लिगमा हिमालयन शेर्पा क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको मछिन्द्र क्लब दोस्रो स्थानमा उक्लिएको छ । आइतबार मछिन्द्रले सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा हिमालयनविरुद्ध ३–२ को जित निकालेको हो ।

मछिन्द्रको जितमा करन धामी, साइरस डंगोल र गोविन्द बिकले एक–एक गोल गरे । जवाफमा हिमालयनका जेनील सुब्बा र योगेन खत्रीले समान एक गोल गरे ।

जितसँगै मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । २३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको मछिन्द्रले सात जित, दुई बराबरी र एक हारबाट २३ अंक जोडेको हो । उसले अब ११औँ खेलमा जावलाखेल युथ क्लबसँग खेल्नेछ । खेल आगामी मंगलबार (साउन २० गते) अपराह्न ४ बजे हुने तालिका छ ।

पराजित हिमालयन १४ अंकमा सीमित छ । उसले अब ११औँ खेल साविक विजेता चर्च ब्वाइज युनायटेडसँग खेल्नेछ । खेल आगामी मंगलबार (साउन २० गते) बिहान १० बजे हुने तालिका छ ।