काठमाडौं । सिद्धयोगी अन्तर्राष्ट्रिय सन्तयज्ञ सम्राट महामण्डलेश्वर कालिदास महाराजको उपस्थितिमा पशुपतिनाथ वनकाली क्षेत्रमा दशमहाविद्या रुद्रहवन महायज्ञ सञ्चालन भइरहेको छ । साउन १४ गतेबाट सुरु भएको उक्त महायज्ञ २४ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल समारोह समितिका संयोजक अशोक गौतमले जानकारी दिएका छन् ।
महायज्ञका लागि श्री १००८ महामण्डलेश्वर स्वामी कालीदास (कालिबाबा) शिवशक्ति कालदास धाम दिल्लीबाट नेपाल आएका हुन्। उनी पशुपतिको बनकालीमै बसेका छन्। कालिबाबालाई स्वामी गोकुलानन्दले स्वगात गरेर हंसमण्डपमा पुऱ्याएका थिए ।
हंसमण्डप, बनकाली, देवपत्तनमा उक्त महायज्ञको आयोजना भइरहेको छ । विश्वशान्ति एवम् राष्ट्रकल्याण, चराचर जगत् प्रकृतिको पूजा गर्न, गुरुबाट आर्शीवचन श्रवण गर्नका लागि दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन आयोजकले आह्वान गरेका छन् ।



प्रतिक्रिया