काठमाडौं । इंग्ल्याण्डविरुद्ध भारतले पाँचौं टेस्ट ६ रनले जित्दै शृंखला २–२ मा बराबरी गराएको छ।
इंग्ल्याण्डलाई जित्न ३७४ रनको लक्ष्य दिएको भारतको पारीपछि, इंग्ल्याण्ड पाँचौं दिन पहिलो सेसनमा ३६७ रनमा अलआउट भयो। जो रुटले १०५ र ह्यारी ब्रूकले १११ रन बनाए पनि अन्तिम समयमा इंग्ल्याण्ड फिनिसिङ गर्न सकेन।
भारतका मोहम्मद सिराजले ५ र प्रसिध कृष्णाले ४ विकेट लिए। सिराजले अन्तिम विकेट लिएर भारतलाई जित दिलाए।
पहिलो इनिङमा भारत २२४ रनमा अलआउट भएको थियो भने इंग्ल्याण्डले २४७ रन बनाएर २३ रनको अग्रता बनाएको थियो। दोस्रो इनिङमा भारतले ३९६ रन बनाउँदै इंग्ल्याण्डलाई ३७४ रनको लक्ष्य दिएको थियो।
शृंखला अन्तर्गत पहिलो टेस्टमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा इंग्ल्याण्ड विजयी भएका थिए भने चौथो टेस्ट ड्र भएको थियो।


प्रतिक्रिया