काठमाडौं । विभागीय टोली नेपाल पुलिस र एपिएफ क्लबले एन्फा यु–१६ लिग फुटबलमा सहज जित निकालेको छ ।
एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हरायो । अर्को खेलमा एपिएफले प्लानिङ ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलले हायो ।
पुलिसको जितमा समीर कुमार, मेसी वीरविक्रम शाह र रोनी वीरविक्रम शाहले गोल गरे । आर्मीका जोयल गुरुङले सान्त्वना गोल फर्काए । जितसँगै ११ खेलमा २८ अंक जोडेको पुलिस शीर्ष स्थानमा कायम छ । पराजित आर्मीले समान खेलबाट ६ अंक बनाएको छ ।
यस्तै अर्को एकपक्षीय खेलमा एपिएफलाई जिताउन आदर्श मेचेले दुई तथा विपिन छन्त्यालले एक गोल गरे । जितसँगै एपिएफले ११ खेलबाट १९ अंक बनाएको छ । पराजित प्लानिङ ब्वाइजको समान खेलदबाट ६ अंक छ ।


प्रतिक्रिया