काठमाडौं । न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा जित निकालेको छ ।
सातदोबाटोस्थि एन्फा मैदानमा मंगलबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबमाथि १–० गोलको जित निकाल्यो । अर्को खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० गोलले स्तब्ध बनायो ।
एनआरटीलाई जिताउन सुगम रानाले निर्णायक गोल गरे । जितसँगै एनआरटीले ११ खेलबाट १२ अंक बनाएको छ । सातदोबाटो समान खेलमा अंकविहीन छ ।
यस्तै अर्को खेलमा चर्च ब्वाइजलाई जिताउन जित दिलाउन सुशन थापामगरले ४९औँ र र सुनिल दङ्गालले ८०औँ मिनेटमा गोल गरेका थिए । यता पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको शेर्पा दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै चर्च ब्वाइजले ११ खेलबाट २० अंक बनाएको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट १४ अंक छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।
यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।


प्रतिक्रिया