काठमाडौं । जिम्बाब्वे र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेटमा न्युजिल्यान्डले ४९ रनको अग्रता बनाएको छ ।
पहिलो दिन हिजो टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली जिम्बाब्वे १२५ रनमा अलआउट भयो । न्युजिल्यान्डका म्याट हेन्रीले ५ विकेट र डेब्यु गरेका जाकारी फाउलक्सले ४ विकेट लिए ।
जवाफमा न्युजिल्यान्डका ओपनर डेभन कोनवे र विल यङले १५३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । यङ ७४ रनमा आउट भए भने कोनवे ७९ रनमा नटआउट छन् ।
अन्त्यमा न्युजिल्यान्डले ३९ ओभरमा १ विकेट गुमाउँदै १७४ रन जोड्यो । प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।


प्रतिक्रिया