काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका बाँकी विषय टुंग्याउन सरकारलाई ५ दिनको समय दिएको छ ।
आइतबार समितिबाट विधेयक पारित गर्ने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बैठक स्थगित गर्न आग्रह गरेपछि अल्पसमय छलफल भएको थियो । समितिका बहुमत सदस्यहरूले सोही दिन विधेयक पारित गर्न माग गरे पनि, मन्त्री पन्तले अझै सहमति नजुटेका विषयमा एकमत बनाउन समय आवश्यक रहेको बताएका थिए ।
समितिका सभापति अम्मरबहादुर थापाले आगामी ५ दिनभित्र सरकारले विवादित बुँदामा सहमति कायम गरी विधेयकको अन्तिम रूप दिन निर्देशन दिएका छन् । मन्त्री पन्तले पनि सहमति जुटेपछि समितिलाई जानकारी दिई बैठकको मिति तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया