यू– १७ साफ महिला च्याम्पियनसिपका लागि टोली घोषणा

यू– १७ साफ महिला च्याम्पियनसिपका लागि टोली घोषणा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू– १७ साफ महिला च्याम्पियनसिप– २०२५ का लागि अन्तिम २३ खेलाडीको नाम घोषणा गरेको छ ।

एन्फाले आइतबार २३ खेलाडीको नाम घोषणा गरेको हो । टोलीमा तीन जना गोलकिपर, आठ जना डिफेन्डर, पाँच जना मिडफिल्डर, तीन जना विङ्गर र चार जना फरवार्ड खेलाडी छन् ।

झरना डुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ गोलकिपरको रूपमा टोलीमा परेका छन् । डिफेन्स लाइनमा दीक्षा रायमाझी, मिन माया श्रेष्ठलगायत खेलाडी रहेका छन् ।

मिडफिल्डमा अंशु विक, कृतिशा तामाङ, साहारा लिम्बुलगायतको नाम छ । फरवार्ड लाइनमा सिर्जना बडुवाल, अस्मिता मगर, पर्वतकी यमकुमारी विक र अनिता राना मगर रहेका छन् ।