क्रिकेटर ललित राजवंशीलाई मातृशोक

क्रिकेटर ललित राजवंशीलाई मातृशोक



विराटनगर । राष्ट्रिय क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । उनकी ६३ वर्षीया आमा शुभो राजवंशी आइतबार निधन भएकी छन् ।

लामो समय मुटुसम्बन्धी रोगबाट पीडित शुभो राजवंशीको निधन भएको हो । उनका जेठा छोरा रामकिशोर राजवंशीका अनुसार, विराटनगर महानगरपालिका–१४ स्थित घरमा परिवार, आफन्त र छिमेकी भेला भएका छन् । उनको आजै अन्तिम संस्कार गरिने तयारी भइरहेको छ ।

शुभो राजवंशीका तीन छोरा र एक छोरी छन्, जसमा ललित कान्छा छोरा हुन् । ललितले सामाजिक सञ्जालमार्फत ‘आई एम सो सरी मामु’ लेख्दै दुःख व्यक्त गरेका छन् ।