काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजकमा ब्रोकर कम्पनी नासा सेक्युरिटीज आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नासालाई मुख्य जर्सी प्रायोजकको रूपमा सार्वजनिक गरेको हो ।
क्यानका सचिव पारस खड्काले जर्सी प्रायोजकमा नासासँग तीन वर्षको सम्झौता भएको जनाए । यस्तै, खड्काले सम्झौताअनुसार क्यानलाई वार्षिक रूपमा दुई करोड ३६ लाख रुपैयाँ प्रदान गर्ने बताए ।
सम्झौतामा क्यानमा अध्यक्ष चतुरबहादुर चन्द र सेक्युरिटीजका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले हस्तान्तरण गरे ।
जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। विभिन्न टिमले टेन्डर प्रक्रियामा सहभागी हुँदा सेक्युरिटीजले हात पारेको हो । सेक्युरिटीजको नामसहित जर्सी सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया