वीरगञ्ज कारागारका एक कैदीको मृत्यु, आफन्तले गरे प्रदर्शन

वीरगञ्ज कारागारका एक कैदीको मृत्यु, आफन्तले गरे प्रदर्शन



काठमाडौं । वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पुर्‍याएको र उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख खिमराज भुसालले जानकारी दिए ।

साह २०७९ देखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।

पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा आफन्तले विरोधस्वरूप प्रदर्शनीमा उत्रिएको बताए ।

‘अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी खटाएर शान्तिसुरक्षा कायम गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।