काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले बंगलादेशमा ब्यावसायिक लिग खेल्ने भएका छन् ।
किरणलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । ३५ वर्षीय किरणको यो चौथो विदेशी क्लब हो । यसअघि उनलेले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स र माजिया तथा भारतको मिनर्भा पञ्जाव क्लबबाट लिग खेलिसकेका छन् ।
किरण बंगलादेश पुलिसमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका आयुष घलानलाई क्लबले अनुबन्ध गरिसकेको छ । सलग खेल्नका लागि मंगलबार बंगलादेश पुगेका छन् ।


प्रतिक्रिया