काठमाडौं । काठमाडौं महानगरपालिकाले खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेका पुरूष र महिला टोलीलाई ११/११ लाख नगद पुरस्कार प्रदान गरेको छ ।
यस्तै महानगरले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ। सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो ।


प्रतिक्रिया