काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलान बंगलादेश प्रिमियर लिग खेल्न ढाका पुगेका छन् ।
यी दुई खेलाडीलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको छ । यी दुई मंगलबार ढाका पुगेका हुन् । ३५ वर्षीय किरणको यो चौथो विदेशी क्लब हो ।
यसअघि उनले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, भारतको मिनर्भा पञ्जाब र माल्दिभ्सको माजिया क्लबबाट खेलिसकेका छन्।
सन् २००७ देखि उनी नेपाली राष्ट्रिय टोलीको पोस्ट सम्हालिरहेका छन् । अब उनले आफ्नै टोलीका विंगर आयुष घलानसँगै लिग खेल्ने छ । उनलाई यसअघि नै पुलिसले भित्र्याइसकेको छ ।
२१ वर्षीय घलानको यो पहिलो विदेशी क्लब हो । यसअघि उनले ए डिभिजन लिग क्लब थ्री स्टार, संकटा, मच्छिन्द्र, चर्च ब्वाइज युनाइटेड र नेपाल सुपर लिग क्लब पोखरा थन्डर्सबाट खेलिसकेका छन् ।
बंगलादेश प्रिमियर लिग आगामी १९ सेप्टेम्बरदेखि सुरु हुँदैछ । लिगमा पुलिससहित १० टोली सहभागी हुनेछन् ।


प्रतिक्रिया