चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ

चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए शपथ



काठमाडौं । चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले आज पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञानका लागि प्रा. डा. बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा. डा. भरतबहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. पुजनकुमार रोकायालाई शपथ गराएका हुन् ।

चारै जनालाई प्रधानमन्त्री ओलीले हिजाे मंगलवार नियुक्त गरेका थिए ।