अनन्त तामाङ फर्सिट एफसीमा अनुबन्ध

अनन्त तामाङ फर्सिट एफसीमा अनुबन्ध



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङ बंगलादेशकाे शीर्ष डिभिजनकाे क्लब फर्सिट एफसीमा अनुबन्ध भएका छन् ।

अनन्तले पछिल्लो समय विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट भारतमा १३४औं डुरान्ड कप खेलेका थिए ।

यस्तै, यो उनको तेस्रो विदेशी क्लब हो । उनले यसअघि मार्बेला युनाइटेड र इस्ट बंगालबाट खेलिसकेका छन् । एन्फा एकेडेमीका उत्पादन रहेका अनन्तले थ्री स्टार र चर्च ब्वाइजस्ता क्लबाट घरेलु लिग खेलेका छन् ।

उनले आफ्नो कप्तानीमा ललितपुर सिटी एफसीलाई लगातार दाेस्राेपटक नेपाल सुपर लिगको उपाधि र चर्च ब्वाइजलाई पनि पहिलो सिजनमै ए डिभिजन लिगको उपाधि दिलाएका थिए ।

यस सिजन बंगलादेशको लिगमा आबद्द हुने उनी चौथो नेपाली खेलाडी हुन् । यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरिसकेको छ भने डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसमा अनुबन्ध भएका छन् ।