काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित थप चार खेलाडीले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन् ।
अन्जनसहित मिडफिल्डर एरिक विष्ट र डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरूङलाई बंगलादेश प्रिमियर लिग क्लब ब्रदर्श युनाइटेडले अनुबन्ध गरेको हो ।
योसँगै यस सिजनको बंगलादेशी लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या ८ पुगेको छ । यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरिसकेको छ ।
डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसले अनुबन्ध भएका छन् । किरण र आयुष ढाका पुगिसकेका छन् । सेन्ट्रल ब्याक अनन्त तामाङलाई भने फर्सिट एफसीले अनुबन्ध गरिसकेको छ ।


प्रतिक्रिया