अष्ट्रेलिया टप एण्ड टी-२० : नेपाललाई नर्दर्न टेरिटोरी स्ट्राइकले दियो १७८ रनको लक्ष्य

अष्ट्रेलिया टप एण्ड टी-२० : नेपाललाई नर्दर्न टेरिटोरी स्ट्राइकले दियो १७८ रनको लक्ष्य



काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नर्दर्न टेरिटोरी स्ट्राइक (एनटीएस) ले नेपाललाई १७८ रनको चुनौती दिएको छ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको स्ट्राइक टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन जोड्यो। डार्सी शर्टले ५१ रनको अर्धशतक प्रहार गरे भने टम एन्ड्रिज ३२ रनमा अविजित रहे।

नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। साहब आलमले २ विकेट लिएका छन् भने रुपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १–१ विकेट झारे।

अब नेपालले जितका लागि १७८ रनको लक्ष्य पछ्याउनेछ।