काठमाडौं । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको प्रशिक्षक तथा कप्तानले बताएका छन् ।
यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदै छ ।
च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् । हरेक देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ ।
नेपालले यस प्रतियोगितामा अगस्त २० मा भारतसँग, अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
नेपाली खेलाडी
गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।
डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।
मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।
फरवार्ड: अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।


प्रतिक्रिया