काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन राेक लगाएकाे छ । क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले विज्ञप्तिमार्फत यसबारेमा जानकारी गराएका हुन् ।
गएको साउन १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले गुरुङलाई अर्काे निर्णय नभएसम्मका लागि अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउने निर्णय गरेको महाप्रबन्धक ढुङ्गानाले बताएका छन् ।
लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्वअध्यक्ष गुरुङले क्यानविरुद्ध मुद्दा दायर गर्नुका साथै क्यानका अध्यक्षविरुद्ध विभिन्न सञ्चारमाध्यममा नकारात्मक टिप्पण एवम् मिथ्या आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया