इङलिस प्रिमियर लिगमा आर्सनलको विजय सुरुवात

इङलिस प्रिमियर लिगमा आर्सनलको विजय सुरुवात



काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै आर्सनलले इङलिस प्रिमियर लिगमा विजय सुरुवात गरेको छ ।

आइतबार राति ओल्ड ट्राफोर्डमा भएको सिजनको पहिलो खेलमा आर्सनलले युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा डिफेन्डर रिकार्डो कालाफियोरीले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको १३ औँ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा युनाइटेडले सिजनमा खराब सुरुवात गरेको छ । सिजनको पहिलो जितसँगै आर्सनल ३ अंकमा छैटौँ स्थानमा छ ।

आइतबार राति नै दि सिटी ग्राउण्डमा भएको अर्को खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डमाथि ३–१ को जित निकालेको छ । पहिलो जितसँगै फरेष्ट अंक तालिकाको पाचौँ स्थानमा उक्लेको छ ।

अर्को खेलमा भने चेल्सीले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।