बजेट घटेसँगै प्राधिकरणले लियो अल्पकालीन ५ अर्ब ऋण

बजेट घटेसँगै प्राधिकरणले लियो अल्पकालीन ५ अर्ब ऋण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण व्यवसायीको भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैंकबाट ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ।

प्राधिकरणले यो ऋण ५.३९ प्रतिशत ब्याजदरमा लिएको हो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए अनुसार, प्रसारण र वितरण प्रणालीमा ठूलो रकम आवश्यक परेकाले र सरकारले दिने बजेट घटिरहेकाले ऋण लिएर काम अघि बढाइएको हो।

प्राधिकरणले गत आर्थिक वर्ष ९ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो। यसअघि २०८०/०८१ मा नाफा १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो।

प्राधिकरणको बोर्ड बैठकले अल्पकालीन १० अर्ब रुपैयाँ ऋण लिने स्वीकृति दिएको छ।