काठमाडौं । भुटानमा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग खेल्दै छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
यसअघि मंगलबार आयोजित प्रि-म्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएका थिए ।
अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगितामा यसपटकको नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।
आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।


प्रतिक्रिया