पाकिस्तान साहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

पाकिस्तान साहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य



काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट क्षतिमा १४४ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । त्यसैगरी नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए । ।

पाकिस्तानका निम्ति अविजित रहेका कप्तान इर्फान खानले ४२ रन बनाए । अब्दुल समदले २६ रन बनाए । महोम्मद वासिनले समान २३ रन बनाए । यासिर खानले १८ र मेह्रान मुम्ताजले १० रन बनाए ।

प्रतियोगितामा आज नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले यसअघिका पाँचमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको थियो ।