पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित

पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित



काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएकाे छ ।

पाकिस्तान शाहीन्सले दिएकाे १ सय ४५ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्र बनाउन सक्याे । नेपालका कप्तान राेहित पाैडेलले ५२, दीपेन्द्रसिंह ऐरीले ४१ रन बनाए । पाकिस्तान शाहीन्सका माेहम्मद वसिम र फैसल अकरमले २/२ विकेट लिए ।

डार्विनमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनायाे । पाकिस्तान शाहीन्सका इरफान खानले नटआउट ४२ रन बनाए । नेपालका साेमपाल कामीले ३, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

याे सँगै नेपालले टप इन्ड टी–२० शृङ्खलामा ४ खेलमा हार र २ खेलमा जीत निकालेकाे छ । शृङ्खलामा शुरूका लगातार ३ खेलमा हारेकाे नेपालले चाैथाे र पाँचाैं खेल जितेकाे थियाे ।

नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो । यस्तै नेपालले चाैथाे खेलमा हाेबर्ट हरिकेन्स र पाँचाैं खेलमा मेलबर्न रेनेगेड्सलाई हराएकाे थियाे ।

अब नेपालले अस्ट्रेलियामै अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।