एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स

एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स



काठमाडौं । गएको आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा १९ दशमलव २ प्रतिशतले बढेको हो ।

गएको असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि ५ लाख ५ हजार ९ सय ५७ जनाले अन्तिम श्रम स्वीकृति र ३ लाख ३३ हजार ३ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ६० हजार १ सय २ जनाले अन्तिम र २ लाख ८१ हजार १ सय ९५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।