सामाजिक सञ्जालमार्फत साढे तीन अर्ब नेपाल भित्रियो

सामाजिक सञ्जालमार्फत साढे तीन अर्ब नेपाल भित्रियो



काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा नेपाली कन्टेन्ट क्रियटरहरूले युट्युब, टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत करिब ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँ आम्दानी गरेका छन्।

भिडियो सामग्री तयार गरेर सामाजिक सञ्जालमा अपलोड गर्ने नेपाली स्रष्टाहरूको संख्या पछिल्लो समय तीव्र गतिमा बढ्दै गएको छ। यिनै प्लेटफर्ममार्फत धेरै युवाले लाखौँ रुपैयाँसम्म कमाइरहेको राष्ट्र बैंकले जनाएको छ।

यता, अडियो तथा भिडियोसम्बन्धी सेवा विदेशीसँग लिँदा नेपालबाट ७८ करोड ९० लाख रुपैयाँ बाहिर गएको पनि तथ्यांकले देखाएको छ।