वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।
सुवेदीले पत्रकारसँग भेटघाटमा हैजा सङ्क्रमणसँग जुधेर काम गर्नुपर्नेमा जोड दिए । “हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उनले भने, “अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।”
प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताए ।


प्रतिक्रिया