लिभरपुलले इसाकलाई प्रिमियर लिग इतिहासकै कीर्तिमानी रकममा भित्र्याउँदै

लिभरपुलले इसाकलाई प्रिमियर लिग इतिहासकै कीर्तिमानी रकममा भित्र्याउँदै



काठमाडौं । न्युक्यासल युनाइटेडका स्वीडेनी स्ट्राइकर अलेक्ज्यान्डर इसाकलाई भित्र्याउन लिभरपुल प्रिमियर लिग इतिहासकै कीर्तिमानी रकम तिर्न सहमत भएको छ ।

इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले २५ वर्षीय इसाकलाई अनुबन्ध गर्न १२५ मिलियन पाउन्डको कीर्तिमानी रकममा सहमति भएको जनाएको बीबीसीले जनाएको छ ।

यो सम्झौताले सन् २०२३ मा चेल्सीले मोइसेस काइसेडोका लागि ब्राइटनलाई दिएको १ सय १५ मिलियन पाउन्डको पुरानो कीर्तिमानलाई तोडेको हो ।

सोमवार चिकित्सकीय परीक्षणपछि लिभरपुल र इसाकबीच ६ वर्षका लागि सम्झौता हुने अपेक्षा छ ।

यसअघि न्युक्यासलले लिभरपुलले गरेको ११० मिलियन पाउन्डको प्रस्ताव अस्वीकार गरेको थियो ।

अलेक्ज्यान्डर इसाकले प्रिमियर लिगको पछिल्लो सिजनमा न्युक्यासलका लागि उत्कृष्ट प्रदर्शन गर्दै २३ गोल गरेका थिए ।