अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनीत

अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनीत



काठमाडौं । राष्ट्रिय सभाकी सांसद अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समिति सदस्यमा मनोनित भएकी छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभाको बैठकले सदस्य मनोनयनका लागि सहमति जनाएपछि उक्त समितिको सदस्य बनेकी हुन् ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाई संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेस गरेका थिए ।

शाक्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सांसद मनोनीत भएकी थिइन् ।