कप्तान साम्बा न्युजिल्यान्ड प्रस्थान

कप्तान साम्बा न्युजिल्यान्ड प्रस्थान



काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ न्युजिल्यान्ड प्रस्थान गरेकी छन् ।

सिजन २०२५-२६ का लागि वेलिङटन फोनिक्समा आबद्ध भएसँगै क्लबको प्रिसिजन क्याम्पमा सहभागी हुन साम्बा सोमबार त्यसतर्फ गएकी हुन् ।

फोनिक्स न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए-लिग वुमन खेल्ने गर्छ ।

यो सिजनको लिग अक्टोबर ३१ देखि सुरू हुँदैछ । लिगमा १२ टोलीले खेल्दा ११ टोली अस्ट्रेलियाका छन् । अघिल्लो सिजन वेलिङटन लिगमा नवौं भएको थियो । उसले २३ खेलमा ७ खेल मात्र जितेको थियो ।

न्युजिल्यान्ड प्रस्थान गरेपछि साम्बाले नयाँ यात्राको सुरूवात भनेकी छन् ।