एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । भदौ १९ गते अपराह्न ३ बजेका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरू (राजनीतिक, सांगठनिक, विधान संशोधन र आयोगका प्रतिवेदन) छलफल गरी पारित गर्न सचिवालयय बैठक बोलाइएको हो ।

एमालेको दोस्रो विधान अधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।