काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच युएईको शारजाहमा हुने ऐतिहासिक टी-२० सिरिजको खेल तालिका हेरफेर भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एसिया कपको फाइनलका कारण एउटा खेलको दिन परिवर्तन भएको छ ।
पहिलो खेल असोज ११ गते हुनेछ । दोस्रो खेल भने असोज १३ गते फूलपातीको दिने हुने भएकाे छ । यसअघि दोस्रो खेल असोज १२ मा हुने तय भएको थियो । असोज १२ मा एसिया कपको फाइनल युएईमै हुने तालिका छ ।
तेस्रो खेल असोज १४ अष्टमीकै दिन हुने तय छ। तीन वटै खेल नेपाली समयअनुसार राति सवा आठमा सुरु हुनेछ ।
यो सिरिजपछि नेपाली टोली एसिया एन्ड एसिया प्यासेफिक क्षेत्रीय छनोट खेल्ने ओमान जानेछ ।


प्रतिक्रिया