काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा आज हेटौँडामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी बैठक तथा छलफलमा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले गाडी दुर्घटना न्यूनीकरण तथा उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि सम्बद्ध सबै निकायहरू समन्वयात्मक तरिकाले परिचालित हुनुपर्ने बताए । उनले ट्राफिक प्रहरीका लागि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।


प्रतिक्रिया