काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र पराग्वे, कोलम्बिया र उरुग्वेले आगामी वर्ष हुने फिफा विश्वकप २०२६ मा स्थान बनाएका छन् ।
पराग्वेले शुक्रबार सम्पन्न खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेसँगै आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको हो । फिफा विश्वकपमा पराग्वेले १६ वर्षपछि पुनरागमन गरेको हो ।
यसअघि अन्तिम पटक पराग्वेले दक्षिण अफ्रिकामा सन् २०१० मा आयोजित विश्वकप खेलेको थियो । उक्त संस्करणमा क्वार्टरफाइनलसम्म यात्रा तय गरे पनि त्यसयता पराग्वे तीनपटक विश्वकप छनोट हुन असफल रह्यो ।
यता, कोलम्बियाले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ । बिहीबार पेरुविरुद्ध ३–० को जितसँगै कोलम्बियाले विश्वकप खेल्ने ४८ देशमा आफ्नो स्थान सुरक्षित गरेको हो । यस्तै, बिहीबारै सम्पन्न खेलमा पेरुविरुद्ध ३–० को जित निकाल्दै उरुग्वेले पनि विश्वकपमा आफ्नो स्थान सुरक्षित गरको छ ।
योसँगै फिफा विश्वकपमा छनोट हुने देशको कुल संख्या १६ पुगेको छ ।
यी हुन् १६ राष्ट्र :
क्यानडा, अमेरिका, मेक्सिको, जापान, न्युजिल्यान्ड, अर्जेन्टिना, उज्वेकिस्तान, जोर्डन, दक्षिण कोरिया, अस्ट्रेलिया, इक्वेडर, उरुग्वे, कोलम्बिया, इरान, ब्राजिल र पराग्वे


प्रतिक्रिया