सामाजिक सञ्जाल बन्दबारे विकल्प खोज्ने कांग्रेसको निर्णय

सामाजिक सञ्जाल बन्दबारे विकल्प खोज्ने कांग्रेसको निर्णय

मनाङ उपनिर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्ने



काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दका विषयमा विकल्प खोज्ने भएको छ ।

आइतबार (भदौ २२) बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरिएको हो ।

सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

त्यसैगरी कांग्रेसले मनाङमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

‘मनाङमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको छ, मुख्यसचिवजीलाई दल दर्ताका लागि जिम्मेवारी दिइएको छ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।

मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।