काठमाडौं । पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा काठमाडौं स्पाइकर्सले पहिलो जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटमा हरायो ।
काठमाडौंले २६–२४, २३–२५, २५–२२, २५–१९ को जित निकालेको हो । यसअघि काठमाडौंले ललितपुर क्विन्ससँग हार खेपेको थियो ।
मधेश ललितपुरसँग पराजित भएको थियो भने पोखरा निन्जाजलाई हराएको थियो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।


प्रतिक्रिया