काठमाडौं । शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।
ठेकेदारले दैनिक २ लाख हर्जना तिरेर निर्माण भइरहेको उक्त क्रिकेट मैदानको आइतबार मन्त्री सिंहले निरीक्षण गरेका हुन् ।
अहिले मैदानको प्यारापिटको निर्माणको काम लगभग सकिएर फ्लडलाइट जडानको काम भइरहेको छ ।
ठेकेदारका अनुसार भदौ मसान्तसम्म प्यारापिट निर्माणको सम्पूर्ण काम पूरा हुने भएपनि फ्लडलाइट जडानमा अझै एक महिना लाग्ने छ ।
फ्लडलाइटका लागि आवश्यक सामग्री अझै नआइपुगेकोले काम ढिला भइरहेको ठेकेदार कम्पनीले जनाएकाे छ ।


प्रतिक्रिया